शिवम् सिमेन्ट लिमिटेड ‘अर्गनाइजेसन सेल्स इक्स्लेन्ट अवार्ड–२०२३’ बाट सम्मानित
काठमाडौं : शिवम् सिमेन्ट लिमिटेड अर्गनाइजेसनसेल्स इक्स्लेन्ट अवार्ड–२०२३ बाट सम्मानित भएको छ।
यहि भाद्र ८ गते काठमाडौंमा ग्रोथ सेलरद्वारा आयोजित सेल्स समिट २०२३ कार्यक्रममा शिवम् सिमेन्ट र कम्पनीका भाईस प्रिसीडेन्ट निखिल अग्रवाल सो अर्वाडबाट सम्मानित भएका हुन्।
सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित भईसकेको छ। त्यस्तै, (बेस्ट म्यानेज्ड कम्पनी अफ द एयर २०२२) अवार्ड पनि प्राप्त गरेको छ।
५३ ग्रेड तथा ४३ ग्रेडको ओ.पि.सि. सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् ओ.पि.सि. सिमेन्ट देशका राष्ट्रिय गौरवका योजना तथा अन्य ठुला–ठुला परियोजनाहरुमा साथै अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको छ।
कम्पनीको एक सवल पक्ष यहाँको जनशक्ति, आन्तिरिक व्यवस्थापन, पारदर्शिता, ६० हजार भन्दा बढी शेयरहोल्डर एवंम कुशल व्यवस्थापक तथा व्यवस्थापनका कारण पटक पटक विभिन्न तवरबाट सम्मानित हुदै आईरहेको छ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथा विश्वास गरिएको असली ओ.पि.सि. सिमेन्ट बन्न सफल भएको हो।
नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा बिआइएस र युआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको भौतिक विकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ।
भदौ ११, २०८० सोमबार १०:१७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।