म्याग्दीमा​​​​​​​ सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन्

म्याग्दीमा​​​​​​​ सम्झौताबिनै नदीजन्य वस्तुको उत्खनन्
फाइल फोटो

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताबीनै नदीजन्य वस्तुको उत्खनन् भएको छ। मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो।

असार १५ देखि  भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ। कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट वर्खायाममा बालुवा उत्खनन् गरेका हुन्।  ​​​​​​

तोलावाङ, पतेनी, रानीवासा, कमेरे, इल्पु, भारवाङ लगायत क्षेत्रमा ठेक्का सम्झौताबीनै बालुवा उत्खनन् भएको गाउँपालिकाका जनप्रतिनिधिले नै बताएका छन्।

गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले केही व्यक्तिहरुले ठेक्का सम्झौता नै नगरिकन बालुवा उत्खनन् गरेको गुनासो आएको र उनीहरुलाई जरिवाना तिराइएको बताए।

नदीबाट निकालेर भण्डारण गरिएका बालुवाको केही दिनमै अनुगमन गरेर जफत र लिलामी गर्ने तयारी गरेको पनि उनले जानकारी दिए।

भदौ ११, २०८० सोमबार ०९:२९:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।