संसदीय समितिको नेतृत्व चयन आज हुँदै

संसदीय समितिको नेतृत्व चयन आज हुँदै

काठमाडौं : प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि  नेतृत्व पाउँदैछन्।

संविधानसभाबाट वि. सं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो।​​​​​​ आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ।

विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ।

त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन्।

ती समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ। १० संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ। 

नौ  समितिमा एक/एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ता हित समितिमा दुई जनाबीच प्रतिस्पर्धा हुने बताइएको छ।

भदौ ११, २०८० सोमबार ०७:५९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।