सब्सिच्युट खेलाडी नुनेजको अन्तिम समयमा दुई गोल, १० जनामा समेटिएको लिभरपुलको नाटकीय जित

सब्सिच्युट खेलाडी नुनेजको अन्तिम समयमा दुई गोल, १० जनामा समेटिएको लिभरपुलको नाटकीय जित

एजेन्सी : पहिलो हाफमै १० जनामा समेटिए पनि खेलको अन्तिम समयमा नुनेजले दुई गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा नाटकीय जित हात पारेको छ। 

सब्सिच्युट खेलाडीको रुपमा मैदानमा छिरेका नुनेजले दुई गोल गरेपछि लिभरपुलले न्युकासल युनाइटेड २-१ ले हरायो।

न्युकासलले घरेलु मैदानमा २५ औं मिनेटमा गोर्डनको गोलमार्फत अग्रता बनाएको थियो। लगत्तै लिभरपुलका कप्तान भान डाइक रातो कार्ड खाँदै मैदान बाहिरीएपछि टिम संकटमा पर्यो।

एक खेलाडी कम भएको लिभरपुल दोस्रो हाफमा निकै दवाबमा थियो।

तर खेलको ७७ औं मिनेटमा मैदानमा छिरेका नुनेजले ८२ औं मिनेटमा बराबरी गोल फर्काए। यसपछि इन्ज्युरी समयको तेस्रो मिनेटमा अर्को गोल गर्दै उनले लिभरपुललाई अप्रत्याशित जित दिलाए।

जितसँगै लिभरपुलको ३ खेल ७ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ।

भदौ ११, २०८० सोमबार ०७:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।