भैरहवाबाट निगमको हङकङ- दिल्ली उडान, काठमाडौँ ट्रान्जिट
काठमाडौँ : नेपाल वायुसेवा निगमले मङ्गलवारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने टिकट खुल्ला गर्ने भएको छ।
निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्न लागेको हो। उसले टिकट बुकिङ खुला गरेको छ।
भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले जानकारी दिएको छ।
निगमले बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भएर हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्ग जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने बताइएको छ।
यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्य सम्मकै र्बोडिङ्ग पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जानकारी दिएको छ।
यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट नेपाल एयरलाइन्स डटकमडटएनपीमा लगइन गरेर अनलाइनबाटबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सक्ने निगमले बताएको छ।
भदौ १०, २०८० आइतबार १९:५५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।