एनसेललाई २०२३ को ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड, अवार्ड टिमको परिश्रमको प्रमाण भएको जाब्बोरको प्रतिक्रिया
काठमाडौँ : एनसेल आजियाटा लिमिटेडले सातौँ सेल्स समिट २०२३ मा प्रतिष्ठित अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३ पाएको छ। एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी अन्तर्गत यो अवार्ड २०२३ बाट सम्मानित भएको हो।
कार्यक्रममा एनसेलकोतर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिले सो अवार्ड लिएका थिए। उनलाई निर्णायक मण्डलका सदस्य आशिष तिवारीले अवार्ड दिएका थिए।
एनसेलले अवार्डले कम्पनीले सेल्स तथा मार्केटिङ कार्यसम्पादनमा देखाएको निरन्तरको उत्कृष्टतालाई झल्काउने प्रतिक्रिया दिएको छ। यो अवार्ड कम्पनीले उत्कृष्ट बिक्री नतिजा प्राप्तिका लागि गरेका प्रयासहरू, बजारको परिवर्तनशील गतिशीलतालाई अनुकूलन गर्ने क्षमता र ग्राहकको अपेक्षा अनुसार निरन्तर गरेका कार्यहरूको सम्मान रहेको उसको प्रतिक्रिया रहेको छ।
विभिन्न विधा अन्तर्गतका अवार्ड विजेताहरू निश्चित मापदण्ड भित्र रही निर्धारण गरिएका थिए । एक सम्मानित अनुसन्धान फर्मसँगको सहकार्यमा स्वतन्त्र निर्णायक मण्डलले सेल्स र मार्केटिङ कार्यमा उत्कृष्टता र नवीनता देखाउने संस्थाहरूको पहिचान गर्न उनीहरूको विवरणहरूलाई ध्यानपूर्वक मूल्याङ्कन र विश्लेषण गरेको थियो ।
शुक्रवारको अवार्ड समारोह ग्रोथ सेलर्स प्रालिको स्वायत्त सहायक संस्था ग्रोथ लिडरसिप एकेडेमीले आयोजना गरेको सेल्स समिट २०२३ को एक प्रमुख कार्यक्रम थियो।
यो नेटवर्किङ, नलेज एक्सचेन्ज, र बिक्रीमा उत्कृष्ट अभ्यासहरूको सम्मान गर्ने प्लेटफर्मको रूपमा परिचित छ।
'यो प्रतिष्ठित अवार्डबाट सम्मानित हुन पाउँदा हामी गौरवान्वित छौँ। यो सम्मान हाम्रो सम्पूर्ण एनसेल टिमको कडा परिश्रम र समर्पणको प्रमाण हो,' एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने'हामी सेल्स र मार्केटिङको क्षेत्रमा उद्योगलाई प्रेरित गर्दै र इनोभेसनलाई बढवा दिँदै ग्राहकहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नेक्रम जारी राख्नेछौँ।'
भदौ १०, २०८० आइतबार १९:३१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।