महिन्द्रा पावरोलका ग्राहकहरूलाई फ्री सर्भिस कुपन
काठमाडौं :महिन्द्रा पावरोल गत भदौ ४ गते सर्भिस मार्केटिङ र प्राविधिक तालिम कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा भारत र नेपालका महिन्द्रा पावरोलका उच्च व्यवस्थापन प्रमुख, पावरोल इन्टरनेसनल बिजनेस हेड, सर्भिस हेडलगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा फ्री सर्विस कुपनको औपचारिक शुभारम्भ पनि गरिएको थियो। यो सेवा कुपनले महिन्द्रा पावरोलका ग्राहकहरूले विभिन्न लाभहरू लिन सक्नेछन्।
यस सेवाअन्तर्गत ग्राहकहरूले निःशुल्क श्रम सेवा तथा प्राविधिक टोलीबाट चौबिसै घन्टा सेवा र अन्य धेरै लागत बचत योजनाहरूको फाइदा लिन सक्नेछन्।
भारतीय जेनसेट उद्योगमा छोटो समयमै द्रुत गतिमा फड्को मारेको महिन्द्रा पावरोलले आफ्ना उत्कृष्ट उत्पादनहरूमा सेवा प्रदान गरेर नेपाली बजारमा प्रभुत्व फैलाउदै लैजाने योजना बनाएको बताएको छ।
भदौ १०, २०८० आइतबार १७:१२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।