विमानमा चरा ठोकिएको आशंकापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० मिनेटका लागि बन्द

विमानमा चरा ठोकिएको आशंकापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० मिनेटका लागि बन्द

काठमाडौं : नेपालगञ्जबाट उडान भरेको श्री एयरलाइन्सको विमानमा चरा ठोकिएको आशंकापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग १० मिनेटका लागि बन्द भएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाका अनुसार १० मिनेटका लागि विमानस्थलको धावनमार्ग बन्द गरिएको हो। 

हाल विमानस्थल बन्द गरेर धावनमार्गमा चराको खोजी भइरहेको छ।

जहाज त्रिभुवन विमानस्थलमा अवतरण भइसकेको छ।

भदौ १०, २०८० आइतबार १६:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।