राष्ट्रपति पौडेलद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ प्रमाणीकरण

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक २०८०’ प्रमाणीकरण गरेका छन्।

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनबाट पारित भई राष्ट्रपति कार्यालयमा पेस भएको सो विधेयक साउन १२ गते प्रमाणीकरण गरेको पत्र राष्ट्रिय सभालाई प्राप्त भएको हो।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिएका हुन्।

उनले भने, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्युबाट नेपालको संविधान धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण भएको देहाय बमोजिमको विधेयकको थान १ यसैसाथ पठाइएको व्यहोरा अनुरोध छ। मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधनसम्बन्धी विधेयक २०८०,  प्रमाणीकरण मिति– २०८०–४–१२ ।’

अध्यक्ष तिमिल्सिनाका अनुसार सो विधेयक राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेका हुन्।

भदौ १०, २०८० आइतबार १५:५०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।