समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भयो : झलनाथ खनाल

समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भयो : झलनाथ खनाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको जुनसुकै क्षेत्रमा दलाल पुँजीवाद हाबी भएको बताएका छन्। 

आइतबार पार्टी पत्रकारहरूको संस्था निकट समाजवादी प्रेस सङ्गठनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा दलाल पुँजीवाद हर क्षेत्रमा हाबी हुँदा भ्रष्टाचार सङ्कट बढ्दै गएको बताए। 

‘नेपाली जनताले विश्वास गरेर २०७४ को निर्वाचनमा वामपन्थीहरूलाई दुई तिहाइ मत दिए पनि त्यसपछि बनेको सरकारले जनभावनाअनुसार काम गर्न नसेको मात्रै होइन। संसद नै विघटन गरेपछि अस्थिरता सुरु भएको छ’, उनले भने।

उनले देश अप्ठेरो अवस्थाबाट गुज्रिरहेको भन्दै यो एक किसिमको राजनीतिक सङ्कटका रूपमा रहेकाले पुँजीवादी शक्तिको जोडले बनाएका पद्धतिलाई बदल्न जरुरी रहेको बताए।

भदौ १०, २०८० आइतबार १४:२०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।