ललित निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

ललित निवास प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा  २९० जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्ते गरेको कसुरमा २९० जनाविरुद्ध मुद्दा दायर भएको हो। 

जसमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित अन्य पूर्वमन्त्रीहरू, पूर्वसचिव र बहालवाला सचिव समेत रहेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछिको प्रतिवेदनका आधारमा सरकारी वकिलले आइतबार मुद्दा दर्ता गरेका हुन्।

भदौ १०, २०८० आइतबार १३:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।