सुनकाण्डमा सीआईबीको अनुसन्धान सकिएपछि उच्चस्तरीय छानबिन प्रक्रियामा जान्छौं : गृहमन्त्री श्रेष्ठ

सुनकाण्डमा सीआईबीको अनुसन्धान सकिएपछि उच्चस्तरीय छानबिन प्रक्रियामा जान्छौं : गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी काण्डमा सीआईबीको अनुसन्धान सकिएपछि उच्चस्तरीय छानबिन प्रक्रियामा जाने बताएका छन्। 

प्रेस सेन्टर नेपाल पर्साले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचारको अन्त्य गरी मुलुकमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।

उनले सुन तस्करी र ललिता निवास जग्गा प्रकरणलाई अन्तिम निष्कर्षमा पुर्याइ दोषीलाई कानुनी कठघरामा उभ्याउने दृढता समेत व्यक्त गरे। 

‘सुन तस्करीका सन्दर्भमा सुरुमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्यो, अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘सीआईबीको अनुसन्धान सकेपछि त्यसबारे कानुनी र संरचनागत अन्य छानबिन गरी उपयुक्त निष्कर्ष निकालेर उच्चस्तरीय छानबिन प्रक्रियामा पनि हामी जानेछौ।’ 

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने कार्यको पनि सीआईबीले अनुसन्धान गरी सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको र सरकारी वकिल कार्यालयले समेत छिट्टै प्रक्रिया अघि बढाउन लागेको उनले जानकारी दिए।

भदौ १०, २०८० आइतबार १३:१६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।