गाई काटेको आरोपमा तीन जना पक्राउ

गाई काटेको आरोपमा तीन जना पक्राउ

तनहुँ : तनहुँमा गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका–६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसहित ३ जनालाई गाई काटेको अभियोगमा शनिवार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने प्रहरीले जनाएको छ।

भदौ १०, २०८० आइतबार १२:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।