इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा नेविसंघको प्रदर्शन

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता गर्न माग गर्दै बालुवाटारमा नेविसंघको प्रदर्शन

काठमाडौं : इन्जिनियरिङ अध्ययनको शुल्क वुद्धि फिर्ता गर्न माग गर्दै नेपाली काङ्ग्रेसको भातृ संगठा  नेपाल विद्यार्थी संघ निकट विद्यार्थीले बालुवाटारमा प्रदर्शन गरेका छन्।

आइतबार बिहान १० बजे नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लाकार्डसहित नाराबाजी गर्दै बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन्।

उनीहरूले निषेधित क्षेत्र तोडेर अगाडि बढ्न खोजेपछि केहीबेर सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो।इन्जिनियरिङ अध्ययनको शुल्क घटाउनुपर्ने लगायत विभिन्न सात बुँदै माग राख्दै उनीहरू आन्दोलित भएका हुन्।

सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने,त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ।

त्यस्तै सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगार सुनिश्चित र रिसर्चको व्यवस्था गर्नुपर्ने। साथै विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरूमा सिएसआर को माध्यमबाट सहयोग गर्ने वातावरण सिर्जना गर्नुपर्ने र विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने उनीहरूको माग छ।

इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिको २०८० साउन २५ को निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो।

भदौ १०, २०८० आइतबार १२:४३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।