कागबेनी बाढीको क्षति करिब एक अर्ब बरबारको

कागबेनी बाढीको क्षति करिब एक अर्ब बरबारको

बागलुङ : गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौंको भौतिक संरचनामा क्षति पुर्याएको छ। 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्क अनुसार बाढीले कागबेनीमा करिब रु एक अर्बको क्षति पुर्याएको छ।

बाढीले यहाँका भौतिक संरचना, स्थानीयवासीको घर, व्यवसाय र विभिन्न सङ्घसंस्थाको कार्यालयसँगै कृषकले खेती गर्दै आएका स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्याएको छ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तकोमा आश्रय लिएर बसेका छन्। 

गाउँपालिकाको कृषि शाखाको तथ्याङ्क अनुसार कागबेनीवासी कृषकको करोड बढीको स्याउ, ओखर र नास्पाती लगायतका फलफूलका बोटमा क्षति पुगेको छ। बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ। 

बाढीले नगद, सामान र संरचनामा मात्र रु ८१ करोड ८३ लाख २५ क्षति गरेको छ।

भदौ १०, २०८० आइतबार १२:४१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।