लगातारको वर्षा आजदेखि कम हुँदै जाने

लगातारको वर्षा आजदेखि कम हुँदै जाने

काठमाडौं : केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिम क्षेत्रबाट मौसममा केही सुधार हुँदै गएको र आजदेखि मौसममा क्रमशः सुधार आउने मौसमविद् सञ्जीव अधिकारीले बताए। उनका अनुसार आजदेखि लगातारको वर्षा रोकिने छ। तर देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ। साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भूभागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ ।

काठमाडौं उपत्यकामा आज आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भदौ १०, २०८० आइतबार ११:५०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।