दोलखामा पहिरोले चार घर बगायो, सडक पनि अवरुद्ध

दोलखामा पहिरोले चार घर बगायो, सडक पनि अवरुद्ध

दोलखा : दोलखाको विगु गाउँपालिका– ३ ओलीटारमा पहिरोले चार वटा घर बगाएको छ।

शनिबार राति परेको वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्वव प्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बगाएको स्थानीय कुमार खड्काले जनाए।

राति पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका छन्। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ।

पहिरोले उत्तरको मुखणय सिंगटी माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र विगु गाउँपालिका केही वडा सडक सम्पर्कबाट विच्छेद भएका छन्।

भदौ १०, २०८० आइतबार ११:१२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।