ललिता निवास प्रकरणमा नाम मुछिएपछि दाङका सिडिओ वैद्यलाई गृह मन्त्रालय तानियो

ललिता निवास प्रकरणमा नाम मुछिएपछि दाङका सिडिओ वैद्यलाई गृह मन्त्रालय तानियो

काठमाडौं : ललिता निवास प्रकरणमा नाम मुछिएका दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गृह मन्त्रालयमा तानिएको छ।

उनीमाथि लागेको आरोपबारे छानबिन गर्न सजिलो होस् भनेर गृह मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बतायो। वैद्यलाई अहिले अतिरिक्त समूहमा राखिएको छ।

उनि भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को प्रतिवेदनमा उल्लेख छ।

ललिता निवास जग्गा प्रकरणमा सिआइबीले अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ। 

भदौ १०, २०८० आइतबार ११:०१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।