आफ्नै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं : प्रधानमन्त्री प्रचण्ड

आफ्नै दलका नेतालाई पनि अनुसन्धानको दायरामा ल्याउँछौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै दलका नेता भए पनि कुनै पनि प्रकरणमा अनुसन्धानको दायरामा ल्याउने बताएका छन्।

कांग्रेसको रुपान्तरण अभियानका अगुवासँगको कुराकानीमा आईतबार प्रधानमन्त्री प्रचण्डले नाम मुछिएका सबैको अनुसन्धान गर्न सीआईबीलाई भनेको बताएका हुन्।

‘मेरै दलभित्र पनि जजसको नाम आएको छ। उहाँहररुलाई पनि अनुसन्धानको दायराभित्र ल्याउँछौं । तथ्य र प्रमाण भयो भने मेरो अनुहार हेर्नु पर्दैन। अनुसन्धानका लागि तान्नु भनेर मैले सीआईबीलाई पनि भनेको छु,’ प्रचण्डलाई उद्धृत गर्दै कांग्रेस नेता मधु आचार्यले भने।

सुन तस्करी प्रकरणमा माओवादीका कृष्ण महराको नाम मुछिएको छ। प्रधानमन्त्रीले उनको पनि बयान लिनुपर्ने बताएका थिए।

भदौ १०, २०८० आइतबार १०:५०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।