सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ

सन्दीप विरुद्धको मुद्दामा आज सुनुवाइ

काठमाडौं : नाबालिका बलात्कार आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज (आइतबार) सुनुवाइ हुँदैछ। 

काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको छ भने आजै फैसला केन्द्रित सुनुवाइ हुने अनुमान गरिएको छ। 

यसअघि गत साउन ३२ गते न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा यस मुद्दामाथि सुनुवाइ भएको थियो। जहाँ अदालतले पीडित किशोरी (गौशाला २६) की आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो।

यस मुद्दाको किनारा नलागेकाले सन्दीप एसिया कप खेल्न गएका छैनन्। मुद्दाको फैसला भएपछि उनि पाकिस्तान जाने तयारीमा छन्।

अन्तिम सुनुवाइ अगाडि नै नेपाल क्रिकेट संघ (क्यान) ले भने एसिया कप खेल्ने नेपाली टोलीमा सन्दीपलाई पनि समेटेको छ।

यसअघि यस मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएकोमा उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

भदौ १०, २०८० आइतबार १०:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।