कांग्रेसले टुंगो लगायो चार समितिमा सभापतिका उम्मेदवार

कांग्रेसले टुंगो लगायो चार समितिमा सभापतिका उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसले आफ्नो भागमा परेका संसदीय समितिमा सभापतिका उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंगो लगाएको हो।

कांग्रेसको भागमा परेका चार सभापतिमध्ये संस्थापन इतरले दुई जना दाबी गरे पनि सो समूहबाट जीवन परियारमात्रै परेका छन्।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो।

भदौ १०, २०८० आइतबार ०९:५६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।