आजको मौसम : कुन कुन प्रदेशमा पर्दैछ पानी?

आजको मौसम : कुन कुन प्रदेशमा पर्दैछ पानी?

काठमाडौं : आज (आइतबार) देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना छ।

भदौ १०, २०८० आइतबार ०७:१२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।