१४ भगौडा प्रहरी खोज्दै हेडक्वार्टर

१४ भगौडा प्रहरी खोज्दै हेडक्वार्टर

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले १४ जना भगौडा प्रहरीको नाम सार्वजनिक गर्दै सात दिन भित्र कार्यालयमा हाजिर हुन भनेको छ।
जानकारी नै नदिई सम्पर्कहीन भएको भन्दै लिखित प्रष्टीकरणसहित हाजिर हुन आउन र नआए कारबाही गर्ने चेतावनी दिएको छ।
सम्पर्कहीन हुनेमा प्रहरी सहायक निरीक्षकदेखि कार्यालय सहायक सम्म छन्।

सूचनामा प्रहरी सहायक निरीक्षक सुष्मा के.सी, र अस्मिन शाक्य, प्रहरी सहायक हवल्दार कृष्ण कुमार तामाङ, नेत्र प्रसाद काफ्ले,मेष बहादुर राना, प्राविधिक  प्रहरी जवान भरत भुल, प्रहरी जवान विकल्प राई,  डिल बहादुर खड्का, विशाल परियार, पृथ्वी राई, ऋषिराम अर्याल, धिराज, थापा, शेर बहादुर बुढाएर र प्रहरी कार्यालय सहायक रोहित प्रसाद यादवलाई हाजिर हुन आउन भनेको छ।

हाजिर नभएको खण्डमा सङ्गठनले भगौडा घोषित गरी सेवाबाट हटाएर कारबाही प्रक्रिया अगाडि बढाउन सक्छ।

भदौ १०, २०८० आइतबार ०६:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।