बिक्कीले चलाएको आम्मा कसम् रोस्ट शो कि सेक्स शो !
काठमाडौँ : हुन त बिक्की अग्रवालले चलाउने आम्मा कसम् याँ दुख्छ कार्यक्रमलाई नेपालको पहिलो रोस्ट शोको दाबी गर्छन्। अब रोस्टको स्पेलिङ rost बाट बदलिएर sex भएको भए अर्कै कुरा भयो नत्र कार्यक्रमभरि प्रौढ नेतालाई ल्याएर सेक्सको कुरा गर्ने कार्यक्रम कसरी रोस्ट शो?
कार्यक्रमको स्तर अनुसार गेस्ट नपाउने दुख एकातिर भयो तर गेस्ट पाएपछि त दाबी गरे अनुसार रोस्ट गर्नु नि।
कुरा शनिवार प्रसारण भएको कार्यक्रमको। गेस्ट ल्याए माओवादी नेता तथा राष्ट्रिय सभामा पूर्व सांसद रामनारायण बिडारी। तर कार्यक्रम अवधिभर सेक्सको पो कुरा भयो।
सेक्सको बारेमा धारणा, अहिले सेक्स गर्न मन पर्छ या पर्दैन, लभ गर्नुभयो या भएन, सेक्स गर्न कसरी सिक्नुभयो, राम्री केटी आए के गर्नुहुन्छ? यस्तै यस्तै कन्टेन्टले सक्काए कार्यक्रम।
वकिल न परे बिडारी उनी पनि मज्जाले खुलिदिए, मज्जाले सेक्स गरेको तर अब मन लाग्दैन, जनावरले गरेको देखेर सेक्स गर्न सिकेँ भन्दै उनी पनि कार्यक्रममा बिक्कीसँगै छिल्लिए। उता डिजे माया सेक्सको कुरा सुनेर हासेको हास्यै।
अर्काको कार्यक्रममा चलेका सेग्मेन्ट चोरचार पारेर कार्यक्रम बनाउनुलाई रोस्ट शो भन्ने भए अर्कै कुरा नत्र बेतुकै छ बिक्कीको शो।
कसरी चिन्नुहुन्छलाई चिन्नुहुन्छ भनेर रवि लामिछानेको फोटो देखाए। बिडारीले चिन्दिन भनिदिए। केपी ओलीको फोटो देखेर कुरा बढी गर्ने, काम चैँ नगर्ने नेता भनिदिए। बालेनको चैँ प्रशंसा गर्दै काम गर्न खोज्ने तर कहिलेकाहीँ ढङ्ग नपुर्याउने युवा नेता भने उनले।
मिम संसार सेग्मेन्ट त राख्या छन् तर मिम पाउनुपर्यो नि। बिडारीका मिम त्यही राष्ट्रिय सभामा बोल्दाका केही भिडियो क्लिप भेटेछन्।
अर्को सेग्मेन्ट चैँ कपिल शर्माको शोबाट ल्याएका सामाजिक सञ्जालमा राखेको फोटोमा आउने कमेन्ट पढ्ने। बिजोग। रोस्ट शो रे।
न आफू रोस्ट गर्न सक्छन् न प्रनेश गौतम नै। डबल मिनिङको २-४ डायलग हान्यो आफैँ खित्खित् हाँस्यो।
गेस्ट प्रफरमर भनेर बोलाउने पनि उस्तै उस्तै। बिक्की भारतीय नागरिक हुन्। उनलाई उडाउन राष्ट्रियताबारे रोस्ट हैन प्रायले भद्दा मजाक गर्छन्। डिजे मायाबारे दुई लाइन बोल्यो, प्रनेशबारे बेतुके पन्चलाईन हान्न खोज्यो। गेस्ट हेर्यो आफै हाँस्यो। यहीँ त गरे नि शनिवार आएका सन्देश देवकोटाले।
शनिवारको कार्यक्रम हेरेपछि अब बिक्कीले रोस्ट शो हैन सेक्स शो भने हुन्छ। डबल मिनिङ लेख्न त कमेडी क्लब विथ च्याम्पियनको पहिलो शो स्थगित भएर बेरोजगार भएका लेखक छँदैछन्।
भदौ १०, २०८० आइतबार ०१:४७:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।