उकेरा टप फाइभ : भन्सारको नियम फेरिँदा रुपन्देहीका व्यापारी मक्खदेखि बाइक मिस्त्रीबाट चोपेन्द्र बनेका मुकुनको संघर्षसम्म

उकेरा टप फाइभ : भन्सारको नियम फेरिँदा रुपन्देहीका व्यापारी मक्खदेखि बाइक मिस्त्रीबाट चोपेन्द्र बनेका मुकुनको संघर्षसम्म

काठमाडौं : शनिबार सुनसरीको धरानमा हिन्दुवादी संगठनले गर्ने भनेको प्रदर्शनमा पहिचानवादी संगठनले प्रतिवाद गर्ने भनेपछि निषेधाज्ञा जारी भयो। ठूलो संख्यामा प्रहरी परिचालन गर्दा धरान दिनभर शान्त भयो भने इटहरीमा प्रदर्शन भयो।

यसदिन विभिन्न राजनीतिक दलका नेताले सामाजिक सद्भाव कायम गर्न आग्रह गरे। धर्म र सामाजिक सद्भाव बडो संवेदनशील कुरा भएको भन्दै सबैले सबैलाई मिलेर बस्न आग्रह गरे।

अब लागौं उकेरा टप फाइभतर्फः
उकेराले शनिबार बिहान देशकै दोस्रो ठूलो भारतीय सीमा नाका बेलहियाबाट एक सयभन्दा बढी रूपैयाँको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम बनाएपछि भारतीय बजार सुनौलीमा किनमेल गर्न जाने नेपालीको संख्या ९० प्रतिशतले घटेको समाचार लेख्यो।
पूरा समाचारः १०० रूपैयाँभन्दा बढीको सामानमा भन्सारको नियम लागेपछि सुनसान सुनौली, रुपन्देहीका व्यापारी मक्ख

दिउँसो उकेराले अभिनेता मुकुन भुसालसँगको अन्तरवार्ता छाप्यो। पाँच वर्षअघि रिलिज भएको फिल्म ‘बुलबुल’बाट अलग छवि बनाएका भुसालले आफ्ना विगतका संघर्ष र अहिलेको भइरहेको कामको बारेमा बताएका छन्।
पूरा समाचारः ‘बाइक मिस्त्री’ अभिनेताः मुकुन वर्कसपको सटर एक्कासी बन्द गरेर अभिनयमा छिरे, अनि चोपेन्द्र भएर उदाए

अपरान्ह उकेराले नियमित स्तम्भ डाक्टरका सुखदुःखमा क्यान्सर रोग विशेषज्ञ प्राध्यापक डाक्टर अन्जनीकुमार झाको अनुभव छाप्यो। जसमा उपचार अनुभवसँगै उनको जीवनमा भएका केही तीतामीठा घटनाहरूसमेत समेटिएको छ।
पूरा समाचारः डा. अन्जनीकुमारको अनुभवः डा. भक्तमान अपहरण पर्दा साथीले ‘जीवितै हुनुहुन्छ’ भन्दिएछन्, हंगामा मच्चिहाल्यो नि!

अपरान्ह नै उकेराले क्रिकेट सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेको समाचार लेख्यो। माइती नेपालको संरक्षणमा रहेकी उनले प्रेस्क्राइब गरिएको औषधि धेरै खाएर आत्महत्या प्रयास गरेकी हुन्।
पूरा समाचारः क्रिकेटर सन्दीप मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले गरिन् आत्महत्या प्रयास

मन्दिरको अगाडि चर्च बनाएको र सार्वजनिक रूपमा गोरु काटेर खाएको विरोधमा हिन्दु अभियान्ताले धरानमा गर्ने भनेको प्रदर्शनलाई पहिचान पक्षधरहरूले प्रतिकार गर्ने भनेपछि शनिबार धरानमा निषेधाज्ञा जारी भयो। दिनभर नै धरान प्रवेशको विन्दुमा बाक्लो संख्यामा प्रहरी परिचालन गरियो। धरान जान पनाएपछि हिन्दु अभियन्ताहरूले पनि इटहरीमा प्रदर्शन गरे।
पूरा समाचारः धरान दिनभर शान्त, हिन्दु अभियन्ताको इटहरीमा प्रदर्शन

भदौ ९, २०८० शनिबार २१:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।