त्रिशुलीमा मुख धुन गएका दुई जना बेपत्ता

त्रिशुलीमा मुख धुन गएका दुई जना बेपत्ता
फाइल तस्बिर

चितवन : भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्।

वनभोज (पिककिन) खान गएका उनीहरू दिउँसो साढे चार बजेतिर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगरपालिका–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँ बस्ने ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्।

हाल उनीहरूको खोजी भइरहेको छ।

भदौ ९, २०८० शनिबार १९:४६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।