नारायणी पुलबाट हामफालेका बुटवलका व्यवसायी ढकालको कुशको शव बनाएर दाहसंस्कार

नारायणी पुलबाट हामफालेका बुटवलका व्यवसायी ढकालको कुशको शव बनाएर दाहसंस्कार

बुटवल : बुटवलको मैत्रीपथमा ‘ओखती घर सञ्चालन गरेका औषधि व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।

‘अब मलाई नखोज्नु’ भनि सन्देश पठाएर सम्पर्कविहीन भएका ढकाल चितवनको नारायणी नदीबाट हाम फाली बेपत्ता भएका थिए।

बुटवलबाट गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाइन्टसहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शव बनाएर देवघाटमा अन्तिम दाहासंस्कार गरिएको औषधि व्यवसायी बाबुराम भट्टराईले बताए।

गत शनिबार घरबाट हिँडेपछि सम्पर्कविहीन भएका ५३ वर्षीय ढकालले २०६३ सालदेखि ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि व्यवसाय गर्दै आएका थिए।

ढकाल आइतबार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदीमा देखिएको आधारमा चितवन प्रहरीले उनको खोजी गरिरहेको थियो। तर, पनि भेट्टाउन भने सकेन।

दुई जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनि गैंडाकोट प्रहरीमा सूचना दिएको र त्यही आधारमा हाम फाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताइएको छ।

आर्थिक रूपमासमेत सबल ढकालले किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधि व्यवसायीसमेत आश्चर्यमा परेका छन्।

सम्बन्धित समाचार

भदौ ९, २०८० शनिबार १९:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।