बाँकेमा डुबेर दुई जनाको मृत्यु

बाँकेमा डुबेर दुई जनाको मृत्यु

बाँके : खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ।

जिल्लाको जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर जानकारी दिए।

साथीसँग खोलामा नुहाउन गएका बेला शनिबार दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए। बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको हो।

पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिला नगरका १७ वर्षीय सुरेश सार्कीको पनि डुबेर मृत्यु भएको छ।

बैजनाथ गाउँपालिका–३ एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए।

मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुईजना फरार भएको प्रहरीले जनाएको छ।

भदौ ९, २०८० शनिबार १९:१८:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।