धरानबारे बोल्यो कांग्रेस- सामाजिक सद्भाव भड्किँदा धमिलो पानीमा खेल्न खोज्नेलाई सहयोग पुग्छ

धरानबारे बोल्यो कांग्रेस- सामाजिक सद्भाव भड्किँदा धमिलो पानीमा खेल्न खोज्नेलाई सहयोग पुग्छ

काठमाडौं : नेपाली कांग्रेसले सामाजिक, धार्मिक, राजनीतिक सद्भाव कायम राख्न अपिल गरको छ।

सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति निकालेर केही दिन यता धरानमा भएको धार्मिक र साम्प्रदायिक मतभेदका विषयमा सामाजिक, धार्मिक र राजनीतिक सद्भाव कायम राख्न अपिल गरेका हुन्।

नेपालीहरू परापूर्व कालदेखि मिलेर बसेको तथा राष्ट्रनिर्माण र विकासमा समेत हातेमालो गर्दै आएको भन्दै सभापति देउवाले एकअर्काको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्न आग्रह गरेका छन्।

धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नभएको भन्दै देउवाले यसबाट धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने बताए।

विषयको संवेदनशीलतालाई मध्येनजर गर्दै राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ संस्था एवं समाजका अग्रज व्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्न कांग्रेसले आग्रह गरेको छ।

भदौ ९, २०८० शनिबार १७:४६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।