सबै जिल्लामा कम्तीमा एउटा  सार्वजनिक निजी साझेदारी आयोजना सञ्चालन गर्न महासङ्घ अध्यक्षको प्रस्ताव

सबै जिल्लामा कम्तीमा एउटा  सार्वजनिक निजी साझेदारी आयोजना सञ्चालन गर्न महासङ्घ अध्यक्षको प्रस्ताव

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकका ७७ वटै जिल्लामा कम्तीमा एउटा वृहत् व्यावसायिक आयोजना सञ्चालन गर्नुपर्ने बताएका छन्।

जिल्ला समन्वय समितिकाद्वारा आयोजना गरिएको समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई शनिवार काठमाडौँमा सम्बोधन गर्दै उनले हरेक जिल्लामा आर्थिक गतिविधि बढाउन र स्थानीय स्रोत साधनलाई सदुपयोग गर्न  सार्वजनिक निजी साझेदारीमा कम्तीमा एउटा वृहत् व्यावसायिक आयोजना सञ्चालन गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने बताएका हुन्।

यति गर्न सके जिल्लामा उपलब्ध स्रोत साधनलाई सदुपयोग गर्दै आर्थिक गतिविधि बढाउन सकिने र स्थानीय रूपमा राजश्व सङ्कलन तथा रोजगारी सृजना हुनसक्ने उनको धारणा थियो।

उनले यसका लागि महासङ्घ र जिल्ला उद्योग वाणिज्य सङ्घहरू सरकारसँग सहकार्य गर्न तत्पर रहेको बताएका थिए।

उनले यसका लागि सरकार तथा निजी क्षेत्रसँग समन्वयकारी भूमिका निर्वाह गर्न जिल्ला समन्वय समितिका पदाधिकारीहरूलाई आग्रह समेत गरेका थिए।

भदौ ९, २०८० शनिबार १६:५९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।