जसपामा श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

जसपामा श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं : जनता समाजवादी पार्टी, (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा पारिवारिक कार्यक्रममा सहभागी हुन शनिबार भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।

अध्यक्ष यादव आउँदो भदौ २१ गतेसम्म भारतमै रहने कार्यक्रम छ।

भदौ ९, २०८० शनिबार १५:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।