‘सक्षम २.० मेन्टरशिप’को विजेता घोषणा, तीन जनाले पाए एक–एक लाख

‘सक्षम २.० मेन्टरशिप’को विजेता घोषणा, तीन जनाले पाए एक–एक लाख

काठमाडौं : ‘सक्षम २.० योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम’ तीन जनाले जितेका छन्।

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा कोका–कोलाले आयोजना गरेको कार्यक्रम मेनुका गुरुङ, राशी महर्जन र सरला महर्जनले जितेका हुन्। उनीहरूले जनही एक–एक लाख रुपैयाँ पुरस्कार समेत पाएका छन्।

मेनुकाले डुलुवा आउटडोर्स नामक स्टार्टअप सुरु गर्दा राशीले लर्नर्स रुम र सरलाले सकल नेचुरो मल्टि–पर्पस क्लिनरको स्टार्टअप छ।

काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएको कार्यक्रमबाट उत्कृष्ट आठ छान्दै त्यसबाट तीन जनालाई सर्वोत्कृटलाई निर्णायकले छानेर पुरस्कृत गरिएको आयोजक बोटलर्स नेपालले जनाएको छ।

नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उदेश्यले कार्यक्रम गरिएको एटेलियर प्लेटफर्मकी संस्थापक रितु गुरुङले बताइन्।

महिला उद्यमीहरूका विभिन्न नवीन अवधारणा र व्यावसायिक योजनाहरू दक्ष प्रोफेशनलहरूको प्रतिष्ठित निर्णायक मण्डलमा प्रस्तुत गरिएको थियो। 

निर्णायकहरूमा कटन मिल नेपालकी संस्थापक प्रसन्ना बस्नेत, कोकाकोला बेभरेज नेपालकी सार्वजनिक मामिला, संचार र स्थिरता निर्देशक निर्देशक स्नेह राजभण्डारी, र केजीएच ग्रुपकी कार्यकारी निर्देशक त्रिशाग्नी शाक्य थिए।

कार्यक्रममा बोटलर्स नेपालका प्रबन्ध निर्देशक दीपक सेन्थिल नाथले महिला उद्यमशीलतालाई बढावा दिनु र नेपालमा दिगो विकासमा योगदान पु¥याउनू आफूहरूको प्रतिबद्धता रहेको बताए।

भदौ ९, २०८० शनिबार १४:५४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।