प्राइम बैंकको सीईओमा संजीव मानन्धर नियुक्त
काठमाडौं : प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा संजीव मानन्धर नियुक्त भएका छन्।
भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको रिक्त सीईओ पदमा चार्टर्ड एकाउण्टेन्ट मानन्धरलाई नियुक्त गर्ने निर्णय गरेको हो।
मानन्धरले शुक्रबार नै सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
शपथ ग्रहण समारोहमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले मानन्धरको नेतृत्वमा बैंकले उत्तरोत्तर प्रगति गर्ने विश्वास व्यक्त गरे।
स्थापना कालदेखि बैंकमा महाप्रबन्धकका रूपमा कार्यरत मानन्धर यसअघि यसै बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा थिए।
बैंकिङ क्षेत्रमा २३ वर्षभन्दा लामो अनुभव संगालिसकेका उनले तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट आफ्नो बैंकिङ करिअरको सुरूवात गरेका थिए।
मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध भएरसमेत काम गरिसकेका छन्।
भदौ ९, २०८० शनिबार १४:३६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।