नेपाललाई उपाधि जित्न हङकङले दियो १०२ रनको लक्ष्य

नेपाललाई उपाधि जित्न हङकङले दियो १०२ रनको लक्ष्य

काठमाडौं : चार देश सम्मिलित महिला टी-२० सिरिजको उपाधिका लागि नेपालले हङकङ विरुद्ध १०२ रनको लक्ष्य पाएको छ।

मलेसियाको बायोमास ओभलमा भएको सिरिजको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउँदै १०१ रन बनायो। जसका लागि कप्तान क्यारी चानले सर्वाधिक २९ रनको योगदान दिइन्।

बलिङमा नेपालका लागि खुसी डंगोलले ३ ओभरमा २० रन दिएर ३ विकेट लिइन्। त्यसैगरी कविता जोशी र अश्मिना कर्माचार्यले १/१ विकेट लिएका थिए।

सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई हराइसकेको छ। नेपाल सिरिजमा दुई खेल र एक हारपछि ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। नेपालले हङकङलाई ६ विकेट र कुवेतलाई ३४ रनले हराएको थियो।

आइसीसी महिला टी-२० विश्वकपको लागि एसिया क्षेत्रको छनोट खेल खेल्नु अगाडि नेपालले यो सिरिज खेलिरहेको छ। 

भदौ ९, २०८० शनिबार १३:४६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।