नदी संरक्षण अभियान प्रभावकारी बनाउन वाग्मतीमा र्‍याफ्टिङ

नदी संरक्षण अभियान प्रभावकारी बनाउन वाग्मतीमा र्‍याफ्टिङ

काठमाडौं : वाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि वाग्मती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ र्याफ्टिङ सम्पन्न भएको छ।

नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा शनिबार बिहान ७ बजे कुपण्डोलस्थित वाग्मती पुल छेउबाट सुन्दरी घाटसम्म जलयात्रा गरिएको हो।

नाराका उपाध्यक्ष शिशिर खनालले वाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताए।

काठमाडौं सहरका साथै वाग्मती नदीको वातावरण दूषित भएको भन्दै २३औं संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो।

सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्वपूर्ण वाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन्। 

बाजागाजासहित सुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरूको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ। सोही अवसरमा सहभागीले नदी सरसफाइ समेत गरेका थिए।

भदौ ९, २०८० शनिबार १२:१३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।