मेगा स्टक मार्केट्सले पायो धितोपत्र दलाल सेवाको अनुमति
काठमाडौं : मेगा स्टक मार्केट्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल (ब्रोकर) सेवाको अनुमति पाएको छ।
लिमिटेडले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ।
लगानीकर्ताहरुले अब २०८० भाद्र १० गतेदेखि ब्रोकर खाता खोली कम्पनीबाट आफ्नो कारोबार गर्न सक्नेछन्।
पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रारम्भ गर्नका लागि लिमिटेडले विधिवत् समुद्घाटन समारोह सम्पन्न गरेको छ।
उक्त समारोहमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएस एण्ड क्लियरिङ्ग, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तथा एनआइएमबी एस क्यापिटलका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
भदौ ९, २०८० शनिबार १०:४१:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।