कोकाकोलाद्वारा ‘सक्षम २.० मेन्टरशिप प्रोग्राम’का विजेताको घोषणा

कोकाकोलाद्वारा ‘सक्षम २.० मेन्टरशिप प्रोग्राम’का विजेताको घोषणा

काठमाडौं : कोकाकोला नेपालले सक्षम २.० ‘योङ्ग उमन आन्टरप्रनियुर्स एक्सेलेरेटर एन्ड मेन्टरशिप प्रोग्राम’ को विजेताको घोषणा गरेको छ।

एटेलियर प्लेटफर्मसँगको साझेदारीमा सफलता पूर्वक सम्पन्न भएको यस प्रोग्रामबाट मेनुका गुरुङ– डुलुवा आउटडोर्स, राशी महर्जन– लर्नर्स रुम र सरला महर्जन– सकल नेचुरो मल्टि–पर्पस क्लिनरलाई विजेता घोषित गरिएको हो।

विजेता प्रत्येकले १ लाख पुरस्कार प्राप्त गरेका छन्। यो कार्यक्रम कोकाकोला नेपालको ‘उमन इम्पावरमेन्ट प्रोग्राम, सक्षम’को एक महत्वपूर्ण भाग हो जसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र सम्भावित उद्यमहरूलाई सहयोग र मार्गदर्शन प्रदान गर्ने लक्ष्य राखेको छ।

टप ३ विजेताहरूलाई उनीहरूको इनिशिएटिभहरूलाई अगाडि बढाउन र लक्ष्यको नजिक ल्याउन मद्दत पुर्याउन समान आर्थिक सहयोग प्रदान गरिएको हो।

यस कार्यक्रमका लागि काठमाडौं, पोखरा र चितवन जिल्लाका गरि ८० भन्दा बढी महिला उद्यमीले आवेदन दिएका थिए। आवेदकहरू मध्यबाट इनोभेटिभ कन्सेप्ट तथा आइडिया सफल हुने सम्भावनाको आधारमा ८ फाईनलिस्टहरु छनोट गरिएको थियो।

भदौ ९, २०८० शनिबार ०९:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।