आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भदौ ९, २०८० शनिबार ०७:०३:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।