मंगलबार १२ फागुन, २०८२
प्रिमियर लिगमा चेल्सीको पहिलो जित
एजेन्सी : चेल्सीले इंग्लिस प्रिमियर लिगमा गए राति सहज जित हात पारेको छ। रहीम स्टर्लिङको दुई गोल मद्दतले चेल्सीले लुटन टाउनलाई ३-० ले पराजित गरेको हो।
घरेलु मैदानमा स्टर्लिङ खेलको १७औं र ६८औं मिनेटमा गोल गर्दा ७५औं मिनेटमा निकोलस ज्याक्सनले तेस्रो गोल गरेका थिए।
प्रिमियर लिगमा चेल्सीको तीन खेलमा यो पहिलो जित हो। चेल्सीले गत दुई खेलमा एकमा हार भोगेको थियो भने एक खेलमा बराबरी गरेको थियो।
भदौ ९, २०८० शनिबार ०६:५८:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।