सप्तकोशीमा पानीको उच्च बहाव, एक घण्टामै ३० हजार क्यूसेक बहाव बढ्यो

सप्तकोशीमा पानीको उच्च बहाव, एक घण्टामै ३० हजार क्यूसेक बहाव बढ्यो

काठमाडौं : सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन गरिएको छ।

पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो।

पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ।

अहिले ब्यारेजमा खतराको सङ्केत स्वरूप रातो बत्ती बालिएको छ।

राति सवा १० बजे सप्तकोशीमा पानीको बहाव चार लाख १४ हजार ६० क्युसेक मापन भएको कोशी ब्यारेज कल्टोलरुमले जनाएको छ। पानीको बहाव अझै बढ्दो क्रममा रहेको छ।

एक घण्टा अघि मात्र त्यहाँ ३ लाख ८५ हजार क्यूसेक पानी मापन गरिएको थियो।

सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो। यसै वर्ष पनि साउन २९ गते बिहान चार लाख ६२ हजार क्युसेक मापन गरिएको थियो।

पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

भदौ ८, २०८० शुक्रबार २२:४०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।