कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं : कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएका छन्।

पूर्वपहाडी क्षेत्रमा भएको अविरल वर्षाका कारण नेपालकै ठूलो सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको हो।

अहिले कोशी ब्यारेजमा पानीको सहत ३ लाख ८५ हजार क्यूसेक रहेको छ। यो अति नै खतरनाक हो। कोशी ब्यारेजमा २ लाख घनमिटर क्युसेक पानी भएपछि खतरा मानिन्छ।

अहिले नदीमा पानीको बहाव बढिरहेको र वर्षाका कारण अझै बढ्नसक्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालय सुनसरीले तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

भदौ ८, २०८० शुक्रबार २१:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।