बाढीले हेलम्बुको सरस्वती माविको भवन बगायो

बाढीले हेलम्बुको सरस्वती माविको भवन बगायो

काठमाडौं : सिन्धुपालचोकको हेलम्बु-४ स्थित सरस्वती माध्यमिक विद्यालयको भवन बाढीले बगाएको छ।

लगातारको वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका शुक्रबार साँझ कारण विद्यालयको एउटा भवन बाढीले बगाएकाे हो।

बिहानदेखि बढेको पानीको बहावका कारण खाेलिरहेको विद्यालयको भवन साँझ बगाएको स्थानीय पत्रकार देवराज सुवेदीले सामाजिक सञ्जालमा राखेको भिडियोमा देखिएको छ।

भिडियोमा विद्यालयको एउटा भवनमा पानीले हानिरहेको र बगाएकाे देखिन्छ।

यसअघि शुक्रबार बिहान बाढीले विद्यालयको शौचालय बगाएको थियो। त्यसपछि दिउँसो नै विद्यालयका फर्निचरलगायतका सामान सारिएको थियो।

भदौ ८, २०८० शुक्रबार २०:१८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।