आज राति तीन प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना, आइतबारबाट मौसममा सुधार आउने

आज राति तीन प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना, आइतबारबाट मौसममा सुधार आउने

काठमाडौं : शुक्रबार (आज) राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार राति कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना साथै मधेश र बागमती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

नेपालमा भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेतको प्रभावका कारण वर्षाको सम्भावना देखिएको महाशाखाले जनाएको छ।

महाशाखाले शनिबार कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना देखाउँदा आइतबार भने मौसममा सुधार आउने पूर्वानुमान गरेको छ।

भदौ ८, २०८० शुक्रबार २०:०८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।