काठमाडौँ महानगरको राजश्व २० करोड बढ्यो

काठमाडौँ महानगरको राजश्व २० करोड बढ्यो

काठमाडौँ : साउन महिनामा काठमाडौँ महानगरपालिकाको राजश्व २० करोड बढेको छ। गत वर्ष यही महिनाको तुलनामा राजश्व बढेको महानगरपालिकाले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

महानगरका अनुसार यस वर्षको साउनमा महानगरपालिकाले ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

गएको वर्षको साउनमा ४५ करोड ९ लाख ८९ हजार सङ्कलन भएको थियो। पछिल्लो समय महानगरले समयमै कर लगायतका राजश्व बुझाउँदा छुट दिने, नयाँ-नयाँ क्षेत्रमा कर लगाउने जस्ता गतिविधि गर्दै आएको छ।

भदौ ८, २०८० शुक्रबार १९:३७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।