पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने

पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जी–२० सम्मेलनमा सहभागी हुन भारत नजाने भएका छन्।

पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार यसबारे जानकारी दिएका हुन्।

जी-२० सम्मेलनमा पुटिनको सहभागिताको प्रश्नमा पेस्कोभले भने, ‘होइन, राष्ट्रपतिको त्यस्तो कुनै योजना छैन।’

जी-२० देशहरूको बैठक सेप्टेम्बर ९ र १० तारिखमा दिल्लीमा हुँदैछ। यसअघि पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन दक्षिण अफ्रिका गएका थिएनन्।

पुटिन सम्मेलनमा अनलाइनमार्फत सहभागी भएका थिए।

भदौ ८, २०८० शुक्रबार १९:२७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।