पारस खड्काले गरे बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको अध्यक्ष पदको चुनावमा उठ्ने भएका छन्।
शुक्रबार काठमाडौं, भत्तपुर, ललितपुर र मकवानपुर जिल्लाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै चुनावमा उठ्ने प्यानलको घोषणा गरेका हुन्।
आगामी १५ गते हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि पारस खड्का, उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भत्तपुर जिल्ला रहने र ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्।
यसअघि भएको काठमाडौ जिल्लाको सदस्यमा आएपछि पारसका लागि प्रदेश र केन्द्रको कुनैपनि पदमा लड्न पाउने बाटो खुलेको हो।
क्यानको विधान अनुसार कुनैपनि पदाधिकारी केन्द्रमा चुनाव लड्न जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु पर्ने हुन्छ।
बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्।
बागमतीको चुनावमा हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेशको चुनावमा भोट हाल्न पाउँछन्। चार जिल्ला पारसको समर्थनमा छन्।
बाँकी चितवन र नुवाकोटसँग पनि समन्वयको प्रयास भएपनि सकारात्मक प्रतिकृया नआएपछि चार जिल्लाको समर्थनमा घोषाणाा गरेको पारस खड्काले बताए।
भदौ ८, २०८० शुक्रबार १७:४७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।