सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल, स्रोत गोप्य राखिने

सुन तस्करीका सूचना र प्रमाण भए उपलब्ध गराउन प्रहरीको अपिल, स्रोत गोप्य राखिने

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कसैसँग सुन तस्करीका सूचना भएमा उपलब्ध गराउन अपिल गरेको छ।

सीआईबीले शुक्रवार  सूचना निकालेर सुन तस्करीसँग सम्बन्धित सूचना तथा तथ्यरप्रमाण भएमा सीआईबीको ईमेल ठेगाना [email protected]  अथवा ९८५१२९१३११ मा समेत सम्पर्क राख्न अनुरोध गरेको हो।

यस्तै कार्यालयमै पुगेर पनि सूचना, तथ्य वा प्रमाण उपलब्ध गराउन सकिने र यसरी प्राप्त भएको जानकारी वा सूचनाको स्रोत गोप्य रहने पनि सीआईबीले जनाएको छ।

आमनागरिकको साथ, सहयोग र सहकार्यबाट अपराध अनुसन्धान सत्य र तथ्यमा पुग्ने हुँदा सकारात्मक सहयोगको अपेक्षा गरिएको सूचनामा उल्लेख छ।

एक महिना अगाडि भन्सार छली ल्याइएको साढे ६० किलो सुन र विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणका सम्बन्धमा समेत सुक्ष्म रूपमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

भदौ ८, २०८० शुक्रबार १७:३९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।