मुख्यमन्त्रीले विश्वासको मत लिने दिन काठमाडौं उडेकी कोशीकी उपसभामुख दनुवार अस्पतालबाट डिस्चार्ज

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन काठमाडौं उडेकी कोशीकी उपसभामुख दनुवार अस्पतालबाट डिस्चार्ज

काठमाडौं : कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार अस्पतालबाट डिस्चार्ज भएकी छन्। 

गत सोमबार आकस्मिक रुपमा काठमाडौंको गंगालाल हृदय केन्द्रमा भर्ना भएकी दनुवार तीन दिने अस्पताल बसाईपछि डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ।

गत सोमबार प्रदेश सभाबाट कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची तय भएपनि अस्वस्थ भएपछि बैठक छोडेर काठमाडौं आएकी दनुवार अस्पताल भर्ना भएकी थिईन्।

उनलाई पहिल्यैबाट थाइराइड र प्रेसरको समस्या रहेको बताइएको छ।

हाल प्रदेश सभाको नेतृत्व गरिरहेकी दनुवार काठमाडौं आएपछि कांग्रेसका सांसद इस्राइल मन्सुरीले अध्यक्षता गरेर थापाले विश्वासको मत लिएपछि एमालेले अदालतमा रिट दर्ता गरेको थियो। 

उक्त रिट बिहीबार प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतले थापा नेतृत्वको सरकारले लिएको विश्वासको मत अवैधानिक भएको फैसला गरेको छ।

स्रोतका अनुसार अहिले दनुवारको स्वास्थ्य अवस्थामा सुधार आएको छ। तर, चिकित्सकले १ हप्तापछि फेरि फलोअपमा आउन भनेका छन्।

उनीहरूले ‘स्ट्रेस नलिन’ सुझाव दिएका छन्। 

भदौ ८, २०८० शुक्रबार १६:३६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।