जसपाले केन्द्रीय नेताहरूलाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने

जसपाले केन्द्रीय नेताहरूलाई निर्वाचन क्षेत्र र पालिकामा खटाउने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय नेताहरुलाई निर्वाचन क्षेत्र र पालिकाहरुमा खटाउने भएको छ।

तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियानमा नेताहरूलाई खटाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार नेताहरूले आफ्नो जिम्मेवारीभित्रको भूमिकामा रहेर संगठन विस्तारका कार्यक्रमहरू सञ्चालन गर्नेछन्।

साथै नयाँ विधानका सम्बन्धमा प्रशिक्षण कार्यक्रम चलाई विधानबारे कार्यकर्ताहरूलाई प्रशिक्षित गरिनेछ।

यस अवधिमा संगठनको अभिलेख संकलन र सदस्यता बितरण कार्यसमेत हुने पार्टीका प्रवक्ता बस्नेतले बताए।

सोही बमोजिम पार्टीले आउँदो शनिबारदेखि नै प्रदेश तथा स्थानीय तहहरुमा प्रशिक्षण कार्यक्रम गर्दैछ।

भदौ ८, २०८० शुक्रबार १६:३२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।