संयमता अपनाउन धरानवासीमा मेयर साम्पाङको अपिल

संयमता अपनाउन धरानवासीमा मेयर साम्पाङको अपिल

काठमाडौं : धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि  धरानवासीहरूमा अपिल गरेका छन्। 

शुक्रबार एक अपिल जारी गर्दै उनले पछिल्लो समय धरानमा जातीय द्वन्द्व बढ्ने खतरा बढ्दै गएको भन्दै सबैमा संयमता अपनाउन अपील गरेका हुन्।  

उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल नेपालको पूर्वी पुरानो शहर धरानमा केही दिनयता भइरहेको धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति नै संवेदनशील बनाइरहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन्। 

‘बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतालाई आत्मसात गरी विविधता बिचको एकता सामाजिक, सांस्कृतिक सदभावलाई संरक्षण गरी समृद्ध समाजको निर्माण गर्नु नै हाम्रो कर्तव्य हो । समाजमा देखिने अशान्ति विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकाले आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण आम धरान नगरवासीहरूमा हार्दिक अपील गर्दछु ।’ उनले अपिलमा भनेका छन्।


भदौ ८, २०८० शुक्रबार १४:४५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।